कैलालीमा गुडिरहेको बसबाट लडेर सहचालकको मृत्यु, चालक पक्राउ

प्रकाशित:

कञ्चनपुर। कैलालीमा बसबाट लडेर सहचालकको मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका–३ कुचैनीस्थित सडकमा ना.६ ख ४५९१ नम्बरको बसबाट लडेर बसका सहचालक अछामको चौरपाटी गाउँपालिका–१ का २५ वर्षीय ज्ञानु साउँदको मृत्यु भएका हो।

अछामबाट टिकापुरतर्फ जाँदै गरेको बसबाट लडेर साउँद गम्भीर घाइते भएका थिए।

उनको निसर्ग अस्पताल धनगढी हुँदै माया मेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार