डडेल्धुरामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

प्रकाशित:

कञ्चनपुर। डडेल्धुराको आलिताल गाउँपालिका–१ दुनीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय ५० वर्षीय लक्ष्मणराज जोशीको मृत्यु भएको हो।

उनलाई १२ कार्तिकमा जंगलमा स्याउला काट्ने क्रममा अरिङ्गालले टोकेको थियो।

अरिङ्गालले टोकेर घाइते भएका जोशीलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएकोमा थप उपचारका लागि धनगढीको नवजीवन अस्पताल लगिएको थियो ।

स्वास्थ्यमा सुधार नभएकोपछि बुधबार भारतको बरेलीतर्फ लगिएकोमा बुधबार राति नै मृत्यु भएको हो।

ताजा समाचार

सम्बन्धित समाचार