डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, पछाडी सवार अर्का घाइते

प्रकाशित:

कञ्चनपुर। डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा परशुराम नगरपालिका–६ का भूपेन्द्र भट्ट छन्।

बुधबार राति भट्टले चलाएको बा ०२–०२२ प २१४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा भूपेन्द गम्भीर घाइते भएका थिए। जोगबूढा अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका सिद्धराज भट्टलाई घाइते भएका छन्।

उनलाई जोगबुढा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कैलालीको धनगढी रेफर गरिएको थियो।

उनको अहिले धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार