कञ्चनपुर। सुदूरपश्चिमका तीन जिल्लामा तास खेलिरहेका २६ जना पक्राउ परेका छन्। कैलालीमा ९, कञ्चनपुरमा १२ र बझाङमा ५ जनालाई प्रहरीले तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।

मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–८ हरीनगरमा तास खेलिरहेका ९ जनालाई नगद ६१ हजार २ सय ३० रुपैयाँ र दुई गड्डी तास तथा बा.प्र.०२–०४१ प १८५४ नम्बरको स्कुटीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनगाउँमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परे। उनीहरुको साथबाट प्रहरीले ८२ हजार ३ सय २२ रुपैयाँ र ६ गड्डी तास बरामद गरिएको छ।

मंगलबार राति नै बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेतमा कुखुरा फर्मभित्र तास खेलिरहेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुलाई ६६ हजार १ सय ३० रुपैयाँ र दुई गड्डी ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।