सुर्खेत। भारतको सुरतमा पटका पड्काउँदा दैलेखका एक बालकको मृत्यु भएको छ ।
दीपावलीको पट्का पड्काउँदा आठबिस नगरपालिका–३, साई गाउँ दैलेखका १३ वर्षीय भूपेन्द्र कठायतको मृत्यु भएको हो ।
भूपेन्द्रले रकेट बम नामको पट्का पड्काउँदा त्यसको छर्रा दायाँ छातीमा लागेको थियो । छर्रा मुटुमा लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले पुष्टि गरेको छ ।
‘उनका परिवारसँग हाम्रो सम्पर्क भएको थियो । दीपावलीको पटका पड्काउँदा भूपेन्द्रको मृत्यु भएको जानकारी प्राप्त भएको छ’, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डीएसपी) सुनिल दाहालले भने ।
भूपेन्द्र आफ्ना परिवारसँग भारतको गुजरात प्रान्तको सुरत जिल्लामा बस्दै आएका थिए । सुरतमा उनका परिवार मजदुरी गर्दै आएका थिए ।