कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवक मृत्यु

प्रकाशित:

कैलाली। कैलालीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका- ७ करैचामा से ७ प ९११२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोडाघोडी-११ का २६ वर्षीय सुमन कठरीयाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कैलालीका अनुसार कठरीया दुर्घटनामा परी घटनास्थलमै मंगलबार बिहान मृत अवस्थामा पाइएका थिए ।

उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार