कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित ब्रह्मदेव लिंक रोड नजिक हाइस दुर्घटना भएको छ। कल्भर्डबाट हाइस हुत्तिएर नाला खसेको छ।

वडा प्रहरी कार्यालयका अनुसार सोमबार राति साढे १० बजेतिर प्रदेश ३–०१००५ ख ९३६० नम्बरको हाइस दुर्घटनामा परेको हो।

हाइसमा चालक र सहचालक मात्रै थिए। उनीहरु सकुसल रहेको प्रहरीले जनाएको छ। नालामा खसेको हाइस निकाल्न समन्वय भइरहेको प्रहरीको भनाइ छ।
