टीकापुरमा जब हवाई जहाज ओर्लियो…

प्रकाशित:

कैलाली। कैलालीको टीकापुर हवाइ मैदानको पुनः परीक्षण गरिएको छ।

परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल, क्याप्टेन महेश विष्ट, उज्जवल सिलवाल, इन्जिनियर सम्राट प्रधान लगायतका प्राविधिक टिम आएको छ ।

पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि टीकापुरमा छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परीक्षणका लागि जहाज पठाएपछि यहाँका नागरिक छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन तथा वन वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले संघीय सरकारले सेवा निरन्तर गर्न सहयोग गरे प्रदेश सरकारले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न अनुदान दिन सक्ने बताए।

टीकापुरबाट तत्कालीन अवस्थामा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ उडान हुने गरेको थियो ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले संघीय सरकारले जहाजको व्यवस्था गर्नुपर्ने र यहाँका जनताको माग पूरा गर्नुपर्ने बताए ।

वि।सं २०४१ सालदेखि एक दशक प्रयोगमा आएर टीकापु्रकोे हवाइ सेवा बन्द भएको थियो । तत्कालीन पर्यटन मन्त्री लोकेन्द्र विष्टमगरले पनि टीकापुर हवाइमैदानमा परीक्षण उडान गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार