कञ्चनपुर। कैलाली र अछाममा तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्।

आइतबार मध्यरात कैलालीको लम्कीचुहा नगरपालिका–१ थकालीपुरमा तास खेलिरहेको अवस्थामा ८ पक्राउ परे।

उनीहरुको साथबाट २७ हजार ५ सय ५० रुपैयाँ नगद र एक गड्डी तास सहित बरामद गरिएको छ।

अछामको मंगलसैन नगरपालिका–५ मंगलसैनबाट तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार मध्यराति गण्डकी शीर्ष बाबु होटल एण्ड लजको कोठामा तास खेलिरहेका उनीहरुको साथबाट ६९ हजार ६ सय ५५ रुपैयाँ पनि बरामद गरिएको छ।