महेन्द्रनगरमा २२ सटर विवाद : विद्यार्थीको संयुक्त आन्दोलन निरन्तर, भीमदत्तमा धर्ना

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगरको मदन चोकमा २२ निर्माण प्रक्रिया स्थगित गर्नकालागि जिल्लाका संयुक्त विद्यार्थी नेताहरुले भीमदत्त नगरपालिकामा धर्ना दिएका छन् ।

आइतबार भीमदत्त नगरपालिका र नगरविकास समितिलाई मदन चोकमा २२ सटर निर्माण गर्न नहुँने भन्दै विभिन्न राजनीतिक दल संग आबद्ध विद्यार्थी संगठनका नेताहरुले शान्तिपुर्ण भर्ना दिएका हुन् ।

केहिदिन अघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिकामा २४ घण्टे अल्टिमेटम दिएका संयुक्त विद्यार्थी नेताहरुले नगरपालिकाको २२ सटर पुनः निर्माण गर्ने कार्यको बिरोध जनाउँदै आएका छन् ।

बिहिबार सटर बनाउँने भनिएको उक्त ठाउँमा विद्यार्थी नेताहरुले विश्राम बाटिका बनाउँने भन्दै ब्यानर लगाएर वृक्षारोपण कार्यक्रम गरेका छन् ।

यस्ता छन्, मागहरुः

१. मदन चोकमा बनाउने २२ सटर निर्माण प्रक्रिया तत्काल स्थगित गर्नुपर्ने ।
२. भीमदत्त नगर विकास समितिको जमिनका अबैध लिज प्रकरण खारेज गरि भीमदत्त नगरपालिका भित्र सार्वजनिक जमिन अतिक्रमण गरेर बनाएका सम्पूर्ण अबैध संरचना भत्काउने कार्य तत्काल सुरु गर्नुपर्ने ।
३. भीमदत्त नगर विकास समिति र भीमदत्त नगरपालिकाको स्वामित्वमा रहेका व्यापारीक प्रयोजनका लागि बनेका सटरहरु केही व्यक्तिहरुका कब्जामा रहेका मा ती सटरहरु तत्काल स्थानीय सरकारले स्वामित्वमा लिनुपर्ने लगायतका मागहरु राखेको माओवादी केन्द्रका नेता बिरेन्द्रराज बिष्टले बताए ।

सम्बन्धित समाचार :

ताजा समाचार

सम्बन्धित समाचार