दार्चुलाको टिंकरमा अध्यागमन कार्यालय खोल्ने निर्णय

प्रकाशित:

दार्चुला । नेपाल सरकारले दार्चुलाको व्याँस गाउँपालिका–१ टिंंकरमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको छ । कार्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सीमा प्रशासन कार्यालय व्याँस छाङ्गरु दार्चुला खारेज गरी टिंकरमा अध्यागमन खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

उनका अनुसार टिंकरमा अध्यागमन तथा सीमा प्रशासन कार्यालय स्थापना गर्न संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय भएको छ भने छाङ्गरुको सीमा प्रशासन कार्यालय खारेज हुने भएको छ ।

सीमा प्रशासन कार्यालयबाट व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकर जान बहुयात्रा अनुमति पत्र दिने गरिएको छ । यद्यपी यो कार्यालय छाङ्गरुमा हुनुपर्नेमा जिल्ला सदरमुकामबाटै सेवा दिदै आएको छ ।

व्याँस गाउँपालिका–१ टिंंकरमा सरकारले अध्यागमन कार्यालय खोल्न लागेको खबरले जिल्लाबासी खुसी भएका छन् । अध्यागमन कार्यालयले जिल्लाको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार