ज्याकेटको खल्तीमा ब्राउन सुगर लुकाएका राजेश पक्राउ

प्रकाशित:

कञ्चनपुर। डडेल्धुरामा लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको अदमरगढी नगरपालिका–९ ढाटगाउँका ३२ वर्षीय राजेश पाललाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक डम्बर बिष्टको कमाण्डमा खटिएको टोलीले पाललाई घरबाटै पक्राउ गरेको थियो।

पालले ज्याकेटको खल्तीमा कालो प्लाष्टिकमा बेरेर ब्राउन सुगर लुकाएका थिए।

प्रहरीका अनुसार उनको साथबाट १.१५० ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार