लागुऔषधसहित बसपार्कमा समातिए प्रदिप, खानेपानी टयाङ्कीबाट अर्जुन

प्रकाशित:

कञ्चनपुर। कैलालीमा लागुऔषधसहित तीन युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ शिवनगर खानेपानी टयाङ्की नजिकबाट सोही ठाउँका २१ वर्षीय अर्जुन बोगटी पक्राउ परे।

उनको साथबाट ५५० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको थियो।

यस्तै, धनगढी उपमहानगरपालिका–५ शिवनगरबाट सोही ठाउँका १८ वर्षीय किशोर ५४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परे। उनका साथबाट जस्तो १५ ट्यावलेट ट्राबेन्डाटोल पनि फेला परेको थियो।

धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट दीपायल सिलगढी–५ का २४ वर्षीय प्रदिप धोवीलाई ७० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार