खर काट्ने क्रममा भीरबाट २ सय मिटर तल खसिन् हिरा, घटनास्थलमै मृत्यु

प्रकाशित:

बैतडी। बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

दोगडाकेदार गाउँपालिका–४ दिउनाकी ६५ बर्षीया हिरा बिष्टको खर काट्ने क्रममा भीरबाट लडेर शुक्रबार मृत्यु भएको हो।

दोगडाकेदार गाउँपालिका–४ का वडा अध्यक्ष तर्कराज भट्टका अनुसार घरबाट खर काट्नका लागि आफ्नी बुहारीसंगै गएकी बिष्ट उच्चाइनी भन्ने भीरबाट लडेकी थिइन् ।

भीरबाट लडेर करिब २ सय मिटर तल सडकमा खसेकी बिष्टको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष भट्टले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार