१४ किलो चाँदीसहित २ जना पक्राउ

प्रकाशित:

बाराको अमलेखगञ्जमा प्रहरीले १४ किलो अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा ३३ वर्षीय सन्तोष साह सोनार र २७ वर्षीय सुरेश महतो छन्।

प्रहरीले जानकारी दिएको अनुसार, सन्तोष साहसँग ९ किलो र सुरेश महतोसँग ५ किलो चाँदी बरामद गरिएको छ। उनीहरू पथलैयाबाट हेटौंडातर्फ जाँदै गर्दा अमलेखगञ्जबाट पक्राउ परेका हुन्।

सन्तोष साहलाई ना ५२ प २५८४ नम्बरको मोटरसाइकलमा र सुरेश महतोलाई ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलमा सवार रहँदा पक्राउ गरिएको हो। प्रहरीले यस घटनामा थप अनुसन्धान गर्दैछ।

ताजा समाचार

सम्बन्धित समाचार