कञ्चनपुरका यी स्थानमा दुई दिन विद्युत सेवा अवरुद्ध रहने

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा बिहिबार र शुक्रबार तीन घण्टा विद्युत आपूर्ति बन्द गरिने भएको छ।

नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले सूचना जारी गरेर ‘कन्डक्टर अपग्रेड’ र ‘बुश कटिङ’को काम हुने भएकाले विद्युत आपूर्ति बन्द गरिने जनाएको छ।

बिहिबार बिहान ६ बजेदेखि ९ बजेसम्म कलुवापुर सवस्टेशनबाट आपूर्ति हुने शुक्लाफाँटा क्षेत्रमा विद्युत प्रवाह बन्द हुने छ।

शुक्रबार बिहान ६ बजेदेखि ९ बजेसम्म महेन्द्रनगर र गड्डाचौकी स्टेशनबाट प्रवाह हुने विद्युत बन्द गरिनेछ।

सो अवधिमा भीमदत्त नगरपालिकाको १९ नम्बर वडा बाहेक सबै वडा र दोधारा चाँदनीभर विद्युत आपूर्ति ठप्प रहनेछ।

No description available.

ताजा समाचार

सम्बन्धित समाचार