बेपत्ता व्यापारी महाकालीमा मृत भेटिए

प्रकाशित:

कञ्चनपुर। सोमबारबाट बेपत्ता डडेल्धुराको परशुराम नगरपालिका– ५ परीगाउँका व्यापारी खेमसिंंह पाली मृत अवस्थामा भेटिएका छन्।

५३ वर्षीय पालीको शव परशुराम नगरपालिका–६ करालीस्थित महाकाली किनारमा फेला परेको स्थानीयले बताएका छन्।

पालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको थियो। तर उनी भने फेला परेका थिएनन्।

उनी केही दिन यतादेखि मानसिक तनावमा रहेको प्रहरीको भनाइ छ। उनले महाकाली नदीमा हामफालेको आशंका प्रहरीको छ।

ताजा समाचार

सम्बन्धित समाचार