कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका–८ मा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगता सम्पन्न भएको छ ।

प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सम्पन्न भएका हुन् ।

राष्ट्रिय ब्लिट्ज बुद्धिचालमा आशिष फुयाल विजयी भएका छन् भने क्षितिज भण्डारी दोश्रो र प्रकासचन्द्र नेपाल तृतीय भएका छन् ।

दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल च्याम्पियनशिप नवीन तन्डुकार विजयी भएका हुन् भने सुसरत दहाल दोश्रो र क्षितिज भण्डारी तृतीय भएका छन् ।
तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा क्षितिज भण्डारी विजयी हुदाँ रुपेश जैशवालले दोश्रो र दिर्घराज जोशीले तृतीय स्थान हासिल गरेका छन् ।
तीन वटा छुट्टाछुट्टै प्रतियोगितामा क्षितिज भण्डारी, आशिष फुयाल र नवीन तन्दुकार विजयी भएका हुन् ।