कञ्चनपुरका पत्रकार गिरीलाई आर्थिक पत्रकारिता पुरस्कार

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरका पत्रकार मदन गिरी आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। कञ्चनपुर उद्योग वाणिज्य संघले पत्रकार गिरीलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको हो।

बुधबार वाणिज्य संघको ३३औँ बार्षिक साधारण सभामा पत्रकार गिरीलाई नगद ५ हजार १ सयसहित प्रमाण पत्र दोसल्ला ओढाएर पुरस्कार प्रदान गरिएको छ।

प्रमुख अतिथि समेत रहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले पत्रकार गिरीलाई प्रमाण पत्रसहित पुरस्कार हस्तान्तरण गरे।

गिरी आर्थिक अभियान दैनिक कञ्चनपुरका समाचारदाता एव आर्थिक दृष्टिका सम्पादक हुन।

ताजा समाचार

सम्बन्धित समाचार