कञ्चनपुर। कञ्चनपुरका विभिन्न ठाउँबाट अवैध सामान बरामद गरिएको छ।
मंगलबार ८९ हजार ५ सय १० रुपैयाँको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक, भीमदत्त–१७ मझगाउँ, साइबा, दोधारा चाँदन–६ संगम चोक र पुनर्वास नगरपालिका–४ कार्गिलडाडामा भन्सार छलि ल्याइएको सामान बरामद गरिएको हो।