कञ्चनपुर। कञ्चनपुरमा मंगलबार दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार लागुऔषध र वन सम्बन्धि कसुर मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।
लागुऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएका मीदत्त नगरपालिका–४ महेन्द्रनगर बजारका ३० वर्षीय सञ्जय थापा पक्राउ परे।
वन सम्बन्धि कसुर मुद्दामा फरार मीदत्त नगरपालिका–९ सिद्धनाथ टोलका २५ वर्षीय लोकेन्द्र चन्दलाई प्रहरीले नियनत्रणमा लिएका छ।
जिल्ला अदालतले उनलाई १७ दिन कैद सजाय र ९ हजार ५२८ रुपैयाँ जरिवाना तोकेको थियो।