कञ्चनपुर आउँदै उद्योगमन्त्री भण्डारी, सुख्खा बन्दरगाह निरीक्षण गर्ने

प्रकाशित:

कञ्चनपुर। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाह निरीक्षण गर्ने भएका छन्।

मन्त्री भण्डारी मंगलबार बेलुका कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुग्दैछन्। बुधबार बिहान ८ बजे बन्दरगाहको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।

त्यसपछि बिहान १० बजे मन्त्री भण्डारी नेकपा एमाले कञ्चनपुरको पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने छन्।
बिहान ११ बजे मन्त्री भण्डारीले कञ्चनपुर उद्योग वाणिज्य संघको साधारण सभा उद्घाटन गर्ने छन्।

दैजी छेला औद्योगिक क्षेत्र सम्बन्धि सरोकारवालाहरुसंग छलफलपछि मन्त्री भण्डारी कार्यालय प्रमुखसँग छलफल गर्ने कार्यक्रम छ। त्यसपछि बुधबार बेलुका नै उनी काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार