महेन्द्रनगरमा सुपथ मूल्य पसल : साढे १४ सयमा एक बोरा चामल!

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।

चाडपर्वलाई लक्षित गरेर खाद्यन्नमा छुट दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ।

सुपथ मूल्य पसलमा अरुवा मोटो चामल ५८ रुपैयाँ प्रतिकिलोग्रामका दरले किन्न सकिने छ।

यो चामलको साविक मूल्य ६३ रुपैयाँ प्रतिकिलोग्राम छ। पाँच रुपैयाँ छुटका साथ सुपथ मूल्य पसलबाट चामल बिक्री भइरहेको हो।

एक हजार ५ सय ७५ रुपैयाँ बोरा बिक्री हुने चामल एक हजार ४ सय ५० रुपैयाँमा किन्न सकिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार