कञ्चनपुर। कञ्चनपुरमा तीन लाख बढीको अवैध सामान बरामद गरिएको छ।
भीमदत्तको गड्डाचौकी क्षेत्र र पुनर्वास नगरपालिका–६ बाट अवैध सामान बरामद गरिएको हो।
भारतबाट भन्सार छलि गरि ल्याएका ३ लाख ३६ हजार ४ सय १० रुपैयाँ बराबरको प्याज, चिनि, मिश्री, काजु, पेय पदार्थ, खानेतेल, जिरा, हाडबेयरका सामान, मोबाईलका डिस्प्ले, झिलमिले लाईट, मोबाईलको ब्याट्री, कपडा, खेलौना, किराना लगायतका सामान नियन्त्रणमा लिएको हो।