कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–८ खप्टी पुल नजिक ट्याक्टर दुर्घटना भएको छ।

प्रहरीका अनुसार भे १ त ५०६० नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

इटा लगेर बेलौरीबाट बेलडाँडी जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको थियो।

ट्याक्टर दुर्घटना हुँदा चालक भुवन राम लुहार सामान्य घाइते भएका छन्।