बेलौरीका श्रेष्ठ सेती महाकाली ट्रक यातायात व्यवसायी संघको सदस्यमा निर्वाचित

प्रकाशित:

केशब भट्ट  ।

बेलौरी । बेलौरीका उदयमान युवा उद्यमी तथा उपप्राध्यापक सुरज श्रेष्ठ सेती महाकाली ट्रक यातायात व्यवसायी संघको सदस्यमा निर्वाचित भएका छन्।

आइतबार धनगढीमा सम्पन्न संघको ९ औं अधिवेशनबाट अध्यक्ष मोहन सिंह साउँद नेतृत्वको प्यानलसहित श्रेष्ठ सदस्य पदमा विजयी भएका हुन्।

यस अधिवेशनमा जम्मा ३४९ मत खसेकोमा श्रेष्ठले २६५ मत प्राप्त गरेका थिए। कञ्चनपुरको दक्षिणी क्षेत्रबाट सदस्य पदमा निर्वाचित हुने पहिलो व्यक्ति बनेका श्रेष्ठले बेलौरीको प्रतिनिधित्व गर्दै संघमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

सुरज श्रेष्ठ महाकाली बहुमुखी क्याम्पसमा विगत ६ वर्षदेखि उपप्राध्यापकका रूपमा अध्यापन गराउँदै आएका छन्। उनले शिक्षण पेशासँगै सामाजिक कार्यमा पनि सक्रिय भूमिका निभाउँदै आएका छन्।

बेलौरी स्थित न्यु लक्ष्मी इट्टा उद्योगका सञ्चालक श्रेष्ठ नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेशको कोषाध्यक्ष पनि छन्।

उद्योग र व्यवसायका विभिन्न संघसंस्थामा आफ्नो प्रतिनिधित्व गर्दै आएका उनी खेलकुदको महत्त्वप्रति विशेष चासो राख्दछन्।

यसै कारण उनले बेलौरी ब्याडमिन्टन क्लबको स्थापना गरी युवाहरूलाई खेलकुदतर्फ आकर्षित गरेका छन्। उनी क्लबका संस्थापक अध्यक्ष पनि हुन्।

शिक्षण, व्यवसाय र समाजसेवामा आफ्नो प्रभाव जमाउँदै आएका श्रेष्ठले रेडियो कार्यक्रम पनि सञ्चालन गरेका थिए, जसले समाजमा थप सकारात्मक प्रभाव पारेको छ।

ताजा समाचार

सम्बन्धित समाचार