कपिलवस्तु । काँकडभिट्टाबाट कपिलवस्तुको कृष्णनगर आउँदै गर्दा एक बसमा हराएको ३ लाख ४ हजार ७ सय नगद र सुनको औंठी सहितका सामान प्रहरीले फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ।
गुल्मी चन्द्रकोट नगरपालिका–८ का झबिन्द्रबहादुर सुवेदीको श्रीमती प्रियंका थापा सुवेदीले गत असोज ३० गते बसमा नगद, सुनको औंठी, क्रेडिट कार्ड र नागरिकतासहितको झोला छुटाएको थिइन्। प्रियंकाले कार्तिक १ मा वडा प्रहरी कार्यालय, चन्द्रौटामा यो कुरा जानकारी दिइन्।
प्रहरीले अनुसन्धान गर्दा झोलामा रहेका नगद र सुनको औंठी फेला पार्न सफल भयो। उक्त झोला शिवराज नगरपालिका–६ का बसीर चुरैटाले लगेका थिए। उनले झोलामा रहेको नगद बाटोमा फालिदिएको बताए, तर प्रहरीले खोजेर झोला पनि बरामद गर्यो। प्रियंकाले प्रहरीको सहयोगको प्रशंसा गरेकी छन्।