नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा आज तीन चरणका खेल हुँदै

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिकामा राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगिताका आज दोस्रो नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता खेलहरु हुने भएका छन् ।

शनिबारबाट वेदकोट नगरपालिका–८, गैलनदीमा सुरु प्रतियोगिताको आइतबार पनि नेकोस अन्तरगतमा खेल हुने आयोजकले जनाएको छ ।

बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता खेलहरु सञ्चालन भएका छन् ।

नोकोसको क्लासिकल खेल स्विस सिस्टम लिगमा आधारिक ६० मिनेट, प्लस ३० सेकेन्डप्रति चालको ९ राउण्डको हुनेछ ।
यस प्रतियोगिताका नौ खेलमा उच्चतम अंक प्राप्त गर्ने खेलाडीलाई विजेता घोषणा गरिने छ ।

नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा ६५ जना खेलाडी सहभागिता रहेको छ । शनिबार यस प्रतियोगिताका दुई चरणका खेल सम्पन्न भएका छन्।

नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोटर्स एकेमेडीको आयोजना तथा वेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन भईरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार