बैतडी अटो दुर्घटना : बाटोमै अस्ताइन् घाइते बसन्ती, शैयामा छिन् गर्भवती पार्वती

प्रकाशित:

कञ्चनपुर। बैतडीको खोचलेकमा शुक्रबार दिउँसो अटो दुर्घटना भयो। सो दुर्घटनामा गर्भवती महिलासहित ४ जना घाइते भए।

दुर्घटनाग्रस्त स्थानबाट उनीहरुलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल लगियो। पछि उनीहरुलाई थप उपचारका लागि कैलालीको धनगढी रेफर गरियो।

तीमध्ये घाइतेमध्ये एक जनाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दोगडाकेदार गाउँपालिका–२ की ४५ बर्षीया वसन्ती भनिने हरिना जोशीको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

शुक्रबार दिउँसो साढे १२ बजेतिर महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिकै सुपप्र ०१००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

सिल्लेगडाबाट खोचलेकतर्फ जाँदै गरेको अटो सडकबाट एकसय मिटर तल खस्दा घाइते भएका मध्ये दोगडाकेदार गाउँपालिका–२ की २५ वर्षीया पार्वती जोशीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । उनी गर्भवती समेत छिन्।,

श्रीकोट स्वास्थ्यचौकी गर्भजाँचका लागि जाने क्रममा अटो दुर्घटनामा परेर उनी घाइते भएकी हुन् ।

यस्तै दुर्घटनामा परेर घाइते भएका पुर्चौंडी नगरपालिका–९ का २० बर्षीय हिरा सार्की जिल्ला अस्पताल बैतडीमा उपचार गराएर घर फर्किसकेका प्रहरी निरीक्षक ढुंगानाले बताए ।

यस्तै दुर्घटनामा घाइते भएका अटो धनी दोगडाकेदार गाउँपालिका –२ का २५ बर्षीय राजेन्द्र भाटको अवस्था पनि सामान्य रहेको छ ।

अटो चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का २२ बर्षीय उमेश साउँद र अटो धनी भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार