कञ्चनपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एंवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले देशको राजनीति मौसम परिवर्तनजस्तै भइरहेको बताएका छन्।
शनिबार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीस्थित बैजनाथ माध्यामिक विद्यालयको प्राङगणमा राष्ट्रिय बुद्धिचाल प्रतियोगितालाई उद्घाटन गर्दै नेपालले यस्तो बताएका हुन।
‘बिहानको मौषस हे-यो, घाम लाग्ला जस्तो हुन्छ, पानी पर्ला जस्तो भए चर्को घाम लाग्छ, ‘उनले भने, ‘नेपालको राजनीतिक पनि त्यस्तै छ, अब यो होला, भन्यो, त्यो टिक्दैन, अर्को त जाला एक बर्ष भन्यो, जाँदैन, टिक्ला कि क्याहो, पाँच बर्ष भन्यो, टिक्दैन, मौषस परिर्वतन जस्तै देशको राजनीतिक परिर्वतन भइहेको छ।’
विकासका लागि राजनीतिक स्थितरता आवश्यक पनेृ उनले बताए। नेपालले उपलब्ध स्रोत साधनको सदुपयोग गर्दै धार्मिक पर्यटन विकासबाट अर्थतन्त्र बलियो बनाएर सम्बृद्धि हासिल गर्न सकिनेमा जोड दिए।
खेलकुद क्षेत्रको वृद्धि विकासका लागि तीनै तहका सरकार गम्भीर हुनु पर्ने उनको भनाइ थियो।
नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोर्टस एकेमेडीले बेदकोट नगरपालिकामा राष्ट्रिय स्तरको बद्धिचाल प्रतियोगिता आयोजना गरेको हो। यो प्रतियोगिता कार्तिक ७ सम्म् चल्ने छ। प्रतियोगितामा ६५ खेलाडीको सहभागीता छ।