बुद्धिचाल प्रतियोगिता उद्घाटनकालागि महेन्द्रनगर पुगे पूर्व प्रधानमन्त्री नेपाल

प्रकाशित:

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल महेन्द्रनगर पुगेका छन् । बेदकोट नगरपालिका ८ गैलनदीमा हुने राष्ट्रिय बुद्धिचाल प्रतियोगिता उद्घाटनका लागि पूर्व प्रधानमन्त्री नेपाल आएका हुन् ।

नेपालसंगै समाजवादीका साँसदहरु भानुभक्त जोशी, शेर बहादुर कुँबर लगायतका नेताहरु पनि महेन्द्रनगर आएका छन् । प्रतियोगितामा काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एनपी साउँद लगायतका नेताहरु सहभागी भएका छन् ।

काठमाडौँ स्पोर्ट्स एकेडेमी र नेपाल बुद्धिचाल महासंघले बेदकोट नगरपालिका ६ सित सहकार्य गरी बुद्धिचालका तीन विधामा प्रतियोगिता आयोजना गर्न लागेको हो । गयलनदीस्थित बैजनाथ माध्यमिक विद्यालयमा प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार