कञ्चनपुर। बाजुराको अति दुर्गममा क्षेत्र हिमाली गाउँपालिकाको बिच्छ्या स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ अधिकृत प्रेमकला मल्लको ५२ बर्षको उमेरमा निधन भएको छ।
३० बर्षदेखि दुर्गम गाउँ हिमालीमा कार्यरत नर्सिङ अधिकृत मल्लको हृदयघातका कारण निधन भएको हो।
बाजुरा नजिकै हुम्लामा दिदीको घरमा गएको बेला एकाएक बिरामी भएकी र हिमाली गाउँपालिकाको समन्वयमा कोल्टी आधारभुत अस्पतालमा पु-याउनै लाग्दा निधन बाटोमै निधन भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताए।
नर्सिङ अधिकृत मल्लले हाल केही समय देखि हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी समाल्दै आएकी थिइन्। बाजुराको अति विकट बिच्छ्या घर–घरमा पुगेर सेवा गरिरहेकी अनमी मल्लको निधनले हिमाली गाउँपालिका शोकमग्न बनेको छ ।