१६ लाख ८७ हजारको चिनी बरामद

प्रकाशित:

कैलाली। कैलालीमा साढे २० क्विन्टल चिनी बरामद गरिएको छ।

जिल्लाको कैलारी गाउँपालिका–८ को लौंसाबाट बिहीबार भारतबाट ल्याइएको १६ लाख ८७ हजार मूल्य बराबरको चिनीसहित गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले सुपप्र०१००१च३९५७ नम्बरको गाडीसहित अवैध चिनी बरामद गरेको हो ।

प्रहरीका अनुसार ५० किलो तौल भएका ४१ बोरा अवैध चिनी बरामद गरिएको हो ।

बरामद चिनी र गाडी आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार