पासो छिचोलेको चितुवा फेरि झाडीमा अल्झियो, उद्धारपछि वनमा मर्‍यो

प्रकाशित:

कैलाली। कैलालीमा पासोमा परेको चितुवा मरेको छ। जिल्लाको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा उद्धार गरिएको चितुवा मरेको हो।

पासोमा परेको वयस्क भालेलाई बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीले उद्धार गरेको थियो।

उद्धार गरी थप उपचार र पुनःस्थापना गर्न डिभिजन वन कार्यालय पहलमानपुरमा राखिएको चितुवा केही समयपछि मरेको सव–डिभिजन वन कार्यालय टीकापुरका वन अधिकृत विश्वराज पण्डितले बताए।

चितुवा अन्य कुनै ठाउँमा पासोमा परेको र त्यहाँबाट उम्भिएर काठको लामो किलासहित भागेको अवस्थामा झाडीमा अल्झिएको अवस्थामा फेला परेको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार