चोरी गरेर भागेका गंगाराम र बिनित पक्राउ, ज्यान मार्ने उद्योगमा धर्म पनि समातिए

प्रकाशित:

कञ्चनपुर। कैलालीमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन्। ज्यान मार्ने उद्योगका एक र चोरी मुद्दाका दुई प्रतिवादी पक्राउ परेका हु्न।

ज्यान मार्ने उद्योग मुद्दामा फरार धनगढी उउपमहानगरपालिका–१६ का २७ वर्षीय धर्म सिंह बोहरा पक्राउ परे। उनलाई २ बर्ष ५ महिना ३ दिन कैद सजाय र २५ हजार जरिवाना तोकिएको थियो।

चोरी मुद्दामा फरार गोदावरी नगरपालिका–८ का ३५ वर्षीय गंगाराम चौधरी र गोदावरी नगरपालिका–१ का २५ वर्षीय बिनित बडू पनि पक्राउ परेका छन्।

चौधरीलाई १ महिना कैद सजाय र ४५ हजार ८ सय जरिवाना तोकिएको थियो । यस्तै बडूलाई २३ दिन कैद सजाय र ४ हजार जरिवाना तोकिएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार