डोटीमा मजदुर मृत फेला

प्रकाशित:

डोटी। डोटीमा एक जना मजदुर मृत फेला परेका छन्। अर्घखाँची सितगंगा नगरपालिका-८ घर भएका वर्ष ४५ का गोपाल रेग्मी मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ।

बुधबार बेलुकी करिब ५ बजेतिर उनी बस्ने क्याम्पभित्र मृत अवस्थामा फेला परेका हुन्। दुदिला कन्सट्रक्सनमा ज्याला मजदुरी काम गर्दै आएका उनी डोटीको के।आई।सिंह गाउँपालिका वडा नम्बर २ तिखात्तरमा सडक निर्माणमा काम गर्दै आइरहेका थिए।

सोही ठाउँमा बस्ने क्याम्पभित्र मृत अवस्थामा रहेको भनि खबर प्राप्तपश्चात् प्रहरी टोली खटिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार