गोबरैयाका योगेशको ‘सुसाइड नोट’ भेटियो

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरैयामा मृत फेला परेका २३ वर्षीय योगेश ठगुन्नाको घटनास्थलमा ‘सुसाइड नोट’ फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनास्थलमा ‘सुसाइड नोट’ फेला परेको हो।

तर प्रहरीले ‘सुसाइड नोट’मा उल्लेखित विषय खुलाएको छैन। योगेशले नै लेखेको हो/होइन परीक्षण गर्नु पर्ने प्रहरीले जनाएको छ।

गोबरैयाका २३ वर्षीय योगेश बुधबार बिहान घरमै झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए।

मृतक योगेश अनलाइनमा रकम ठगीको शिकारमा परेको बताइन्छ। पैसा दोब्बर आम्दानी हुने भन्दै लगानी गर्दा ठूलो रकम डुबेपछि तनाव झेल्न नसकेर गलत बाटो रोजेको विषय सतहमा आएको छ।

यो पनिः गोबरैयामा मृत भेटिए २३ वर्षीय योगेश

ताजा समाचार

सम्बन्धित समाचार