कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख (मेयर) रणबहादुर महराको फेसबुक अकाउन्ट ह्याक भएको छ।
महराले चलाउने फेसबुक अकाउन्ट ह्याक गरेर स्टाटस पोष्ट गरिएको पाइएको छ।
महराको अकाउन्टमा ८० हजार लगानी गरेर तीन घण्टामै ८ लाख ४० हजार प्रोफिट गरेको स्टाटस लेखिएको छ।
नगर प्रमुख महराले आफ्नो फेसबुकबाट कुनै पनि अनौठो सन्देश, अनुरोध वा गतिविधि देखिएमा सचेत रहन आग्रह गरेका छन्। यस्तै उनले त्यस्ता सन्देशहरूको जवाफ नदिन भनेका छन्।
यसको समाधानका लागि प्रक्रिया अगाडि बढाइएको बताइएको छ।