कञ्चनपुर। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले एक सय १२ केन्द्रीय सदस्यको कार्यविभाजन तोकेको छ।

प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले मंगलबार प्रदेश, जिल्ला, सदन, विभाग, जबस/मोर्चाहरूमा नेताहरूको कार्य विभाजन तोकेका हुन्।

इन्चार्ज पोखरेलको नेतृत्वमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको तीन सदस्य कार्यालय पनि गठन गरिएको छ। जसमा स्थायी कमिटी सदस्य खगराज भट्ट र सहइन्चार्ज बिना मगर छन्।

सुदूरपश्चिम प्रदेशका १६ संघीय निर्वाचन क्षेत्र र ३२ प्रादेशिक निर्वाचन क्षेत्रमा पनि नेताहरुलाई जिम्मेवारी दिइएको छ।
प्रदेशका सम्बन्धित विभागमा संयोजन गर्नेगरी ३२ वटा विभागमा जिम्मेवारी तोकिएको छ। जनवर्गीय सङ्गठन र जातीय मोर्चासँग सम्बन्धित नेताहरूको जिम्मेवारी तोकिएको छ।
नेता गणेश बमको उपचारका लागि सबै केन्द्रीय सदस्य र केन्द्रीय निकायका नेताहरूले दुई हजार जम्मा गर्न पोखरेलले निर्देशन दिएका छन्।
सर्कुलर हेर्न यहाँ क्लिक गर्नुहोस्