डडेल्धुराकी १४ वर्षीया आरतीको यसरी भएको थियो हत्या !

प्रकाशित:

डडेल्धुरा । डडेल्धुरामा १४ वर्षीया बालिका आरती भट्टराईको हत्या भएको पुष्टि भएको छ। पोष्टमार्टम रिपोर्टले पुष्टि गरे अनुसार आरतीको हत्या घाँटी थिचेर भएको हो। बालिकाको हत्या आरोपितले पनि प्रहरी समक्ष स्वीकार गरिसकेका छन् । जसले यस घटनालाई अझै गम्भीर बनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार आरतीको श्वासप्रश्वास प्रणाली बन्द भएर मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ। उनले भने, ‘हामीले मृतकको भजाइनल स्वाब, कपाल र रगत परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएका छौं।’

आरतीको शव यहि महिनाको २५ गते अमरगढी नगरपालिका–७ पोखरामा प्लास्टिकको बोरामा लुकेको अवस्थामा फेला परेको थियो। घटनाले स्थानीय समुदायमा ठूलो आतंक र आक्रोश फैलाएको छ।

हत्याका आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारी स्थानीय पुस्तक व्यवसायी हुन् । आरोपित भण्डारीले प्रहरी समक्ष जुन कुरा बयान दिएका छन् । पोष्टमार्टम रिपोर्टमा पनि त्यसको पुष्टि भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार