खैरो हेरोइनसहित समातिए पारस र आकाश

प्रकाशित:

कञ्चनपुर। कैलालीको धनगढी उपमहानगरपालिका–४ मा लागुऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका–२ का २० वर्षीय पारस रावल र कैलालीको धनगढी–१४ का १९ वर्षीय आकाश मगर छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुको साथबाट १ ग्राम ४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको थियो।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार