कञ्चनपुर। कैलाली र कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा १ सय ६२ जना पक्राउ परेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दशै, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना अन्तर्गत हालसम्म १ सय ६२ जना पक्राउ परेका हुन।
उनीहरुको साथबाट ९ लाख ६४ हजार ६ सय ८६ रुपैयाँ प्रहरीले बरामद गरेको छ।
कैलालीमा अहिलेसम्म ७७ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। उनीहरुको साथबाट ४ लाख ९७ हजार २ सय ३१ रुपैयाँ बरामद गरिएको छ।
कञ्चनपुरमा ८५ जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ ग¥यो। उनीहरुको साथबाट ४ लाख ६७ हजार ४ सय ५५ रुपैया प्रहरीले बरामद गरेको छ।