कञ्चनपुर। दार्चुलामा आफ्नै कोठामा एक जना मृत फेला परेका छन्।
शैल्यशिखर नगरपालिका–७ खोल्सीका ४५ वर्षीय हरक सिंह बिष्ट बुधवार सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक किशोर सिंह ऐरीका अनुसार बिष्ट मंगलबार सदरमुकाम खंलगा गएको थिए।
राति ९ बजे घर पुगेका उनी बुधबार बिहान मृत फेला परेका हुन। शवको पोष्टमाष्टमको लागि अहिले गोकुलेश्वर अस्पतालमा राखिएको छ।