कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले दसैँको सार्वजनिक विदा पनि स्वास्थ्य सेवा दिने निर्णय गरेको छ।
नगर कार्यपालिकाको बैठकले कृष्णपुर स्वास्थ्य चौकीमा दसैँको बिदाको समयमा पनि स्वास्थ्य सेवा दिने निर्णय गरेको हो।
असोज २४ गतेदेखि २८ गतेसम्म दसैँको सार्वजनिक बिदा छ।
यसअवधिमा पनि कृष्णपुर स्वास्थ्य चौकीले २४ घण्टे आकस्मिक र प्रसुति सेवा प्रदान गर्ने कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए।