दैलेखमा गाडी दुर्घटना: १३ जना घाइते, चालक फरार

प्रकाशित:

 अछाम। कैलालीबाट अछामतर्फ आउँदै गरेको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुङगेश्वर नजिक दुर्घटनामा परेको छ। दुर्घटनामा २६ जना सवारमध्ये १३ जना घाइते भएका छन्।

मंगलबार साँझ भएको यो घटनामा ८ जनालाई सुर्खेत अस्पतालमा रेफर गरिएको छ भने ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर, ५ जना मध्यम र ५ जना सामान्य रहेको बताइएको छ।

घटनामा चालक फरार रहेका छन्, र थप अनुसन्धानका लागि जिल्ला ट्राफिक प्रहरीको टोली खटिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार