झलारीमा चरेशसहित युवक पक्राउ

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा लागुऔषध चरेशसहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २५ वर्षीय रमेश खाती छन्।

झलारीस्थित पूर्व–पश्चिम राजमार्गबाट पक्राउ परेका उनको साथबाट २ ग्राम १६ मिलिग्राम चरेश बरामद गरिएको छ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार