रेष्टुरेन्टभित्र तास खेलिरहेको अवस्थामा गोबरैयाबाट ४ जना पक्राउ

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–१८ गोबरैयाका ४ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो।

गोबरैयामा दिपेन्द्र चन्दले सञ्चालन गरेको प्रयास रेष्टुरेन्टको कोठा भित्र तास खेलिरहेको अवस्थामा भीमदत्त–१८ का २२ वर्षीय सम्राट चन्दसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरुको साथबाट १२ हजार ८ सय ३० रुपैयाँ नगद र एक गड्डी तास समेत प्रहरीले बरामद गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार