कञ्चनपुर। कैलालीबाट अछामतर्फ आउँदै गरेको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुङगेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

सु.प्र०१००१ख३०४६ नम्बरको फोर्स गाडी अचानक भित्तामा ठोकिँदा करिब २६ जना सवार उक्त गाडीमा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी इश्वरीप्रसाद भण्डारीले बताए ।

मंगलबार साँझ भएको दुर्घटनामा ८ जना घाईतेलाई सुर्खेत रेफर गरिएको र ५ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको उनले बताए ।

घाईते मध्ये ३ जनाको अवस्था गम्भीर , ५ जना मध्यम र ५ जना सामान्य रहेको भण्डारीले बताए । घाइते हुनेमा अधिकाशंको अछामका रहेका छन् ।
डिएसपी भण्डारीका अनुसार चालक फरार रहेका छन् । थप अनुसन्धानको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरीको टोली खटिएको छ ।