कञ्चनपुर। कञ्चनपुर, कैलाली र डडेल्धुराबाट ४ लाख बढीको अवैध सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी ट्राफिक चोक र बोराडाडी चोकबाट ४३ हजार ६३० रुपैयाँको अवैध सामान बरामद गरिएको हो।

भन्सार छलि गरि ल्याएका सोडा, प्याज, साडी, स्याम्पु, दाँत माझ्ने ब्रस, टिसट, जुता लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१० जिमुवा र दोधारा चाँदनी–१ पक्की पुलबाट १ लाख २४ हजार २ सय ४० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो।
सुट, ब्लाङ्केट, कपडा, हाडवेयर, काजु, बदाम, बिडी, सुर्ती, जोली (चकलेट) लगायतका सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पर्शुराम नगरपालिका– ६ वांघाट स्थित जंगलमा भारतबाट भन्सार छलि गरि ल्याएका अटो पार्ट्सका समान र बिडीं बरामद गरिएको छ।
२ लाख ६४ हजार ५ सय ३१ रुपैयाँ बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय डडेल्धुरा मातहतबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।