कञ्चनपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ वनसमिति नजिक आज भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

कैलालीको अत्तरियाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ द्रुत गतीमा गइरहेको सुदूरपश्चिम प्रदेश ०२ ००१ ज ०४९१ नम्बरको भ्यान (विङ्गर) दुर्घटनामा परेको हो।

दुर्घटनामा भ्यानमा सवार १० जनामध्ये चार जना सामान्य घाइते भएका छन्।
